PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोली घोषणा, ललित राजवंशी पहिलोपटक टिममा



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोली घोषणा, ललित राजवंशी पहिलोपटक टिममा

काठमाडौं : जिम्वावेमा अर्को महिना हुने वान डे वर्ल्डकप क्वालिफायरका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले सोमवार मिडिया रिलिज सार्वजनिक गर्दै नेपालको टोली घोषणा गरेको हो।

जसमा नामिबियामा डिभिजन टू खेल्ने टिममा रहेका १४ जना र थप एक जनाको नाम छ। स्पिनर ललित नारायण राजवंशी पहिलो पटक नेपालि टोलीमा अटाएका छन्। उनी डिभिजन टू को लागि वैकल्पिकमा थिए। यस्तै डिभिजन टू का लागि वैक्लपिकमा  रहेका अन्य ३ खेलाडी सुनिल धमला, सिद्धान्त लोहनी र किशोर महतोसँगै विनोद भण्डारी वैक्लपिकको सूचीमा छन्। विनोद डिभिजन टू का लागि प्रारम्भिक सूचीमै अटाएका थिएनन्। 
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपालका कोच जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी चयन गरेको हो।

डिभिजन टू को उपविजेता बनेको नेपाल मार्च ४ देखि जिम्वावेमा हुने वर्ल्डकप क्वालिफायरको समूह बी मा छ। नेपालले मार्च ४ मा घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ। यस्तै मार्च ८ मा स्कटल्याण्ड, मार्च १० मा अफगानिस्तान र मार्च १२ मा हङकङसँग खेल्नेछ।

त्यसअघि फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग वार्मअफ म्याच खेल्नेछ।

डिभिजन टू खेलेर हिजो शनिवार स्वदेश फर्किएको नेपालि टोली आगामी शनिवार जिम्वावे जानेछ


नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति प्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell