
काठमाडौं : मार्च ४ बाट जिम्वावेमा सुरु हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने १० मध्ये नेपाल सबैभन्दा युवा टोली बनेको छ।
पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीको ओषत उमेर २४ वर्ष १ महिना छ।
नेपालसागै डिभिजन टू को शीर्ष दुई स्थानमा रहेर क्वालिपायरका लागि छनोट भएको युएईको टिम सबैभन्दा पाका छन्। उनीहरुको ओषत उमेर ३१ वर्ष ८ महिना छ। यस्ते आयरल्याण्ड टोलिको औषत उमेर युएईको भन्दा १३ महिनाले कम छ।
जिम्वावेमा खेल्ने ६ युवा खेलाडीमध्ये ५ जना नेपालका छन्। जसमा सबैभन्दा कम उमेर खेलाडी रोहित कुमार पौडेल (१५ वर्ष) हुन्। यसैगरी सन्दीप लामिछाने (१७) दीपेन्द्र सिंह ऐरि (१८) ललित नारायण राजवंशीर अनिल कुमार शाह (१९) वर्षका छन्।
डिभिजन टू को उपविजेता बनेको नेपाल मार्च ४ देखि जिम्वावेमा हुने वर्ल्डकप क्वालिफायरको समूह बी मा छ। नेपालले मार्च ४ मा घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ। यस्तै मार्च ८ मा स्कटल्याण्ड, मार्च १० मा अफगानिस्तान र मार्च १२ मा हङकङसँग खेल्नेछ।
त्यसअघि फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग वार्मअफ म्याच खेल्नेछ।
अहिलेसम्म वान डे मान्यता प्राप्त क्रिकेट नखेलेको नेपालले सन २०१४ मा बंगलादेशमा भएको टि-२० विश्वकपमा डेब्यु गर्दै हङकङ विरुद्ध पहिलो टी-२० इन्टरनेशनल खेलेको थियो।
नेपालका कप्तान पारसका खड्काले सबै टोली जिम्वावेमा वर्ल्ड कप क्वालिफाई हुनै जाने बताएका छन्। आइसीसीले जारी गरेको मिडिया रिलिजमा पारसले भनेका छन्। ‘सबै टिम वर्ल्डकपमा क्वालिफाई हुने अल्टिमेट ड्रिमका साथ जिम्वावे पुग्नेछन्। र हामी पनि त्यो भन्दा फरक छैनौँ। हामीले नामिबियामा राम्रो क्रिकेट खेल्यौँ र अब त्यही मोमेन्टमलाई क्वालिफायरमा क्यारी गर्न चाहन्छौँ। जस्तो नतिजा आएपनि यो टुर्नामेन्ट वर्ल्ड क्रिकेट म्यापमा नेपाललाई चिनाउने राम्रो अवसर बन्नेछ र नेपाली क्रिकेटको नेक्सट जेनेरेसनलाई सहयोग गर्नेछ।’ पारसले भने।
परासले आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर धेरै क्रिकेटरको लागि अगाडी बढ्ने खुड्किलो भएको र थप एक्सपेरिएन्स र एक्सपोजर पाउने बताए।
‘दिल्ली डेयर डेभिल्सले सन्दीप लामिछानेलाई सेलेक्ट गर्नु नै हामीसँग ट्यालेन्ट छ भन्ने प्रमाण हो। वर्ल्ड कप क्वालिफायरले हामीलाई वर्ल्ड क्रिकेट म्यापमा मात्र राख्दैन धेरै प्रतिभाहरु पनि आउनेछन् जसलाई अन्य लिग र फ्रेन्चाइजहरुले छनोट गर्न सक्छन्।’
यसैगरी नामिबियामा १७ विकेट लिदै ओमानका बिलालखानसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका सन्दीप लामिछानेले जिम्वावेमा हुने क्वालिफायर्सको लागि प्रतिक्षामा रहेको बतएका छन्। ‘आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर हामीले खेल्ने ठूलो र माथिल्लो स्तरको इन्टरनेशनल लेभलको टुर्नामेन्ट हुनेछ। क्रिकेट केही ठूला नामसँग सँगै एउटै प्रतियोगितामा क्रिकेट खेल्ने शनसनी हुनेछ। हाम्रो लागि यो एकदमै ठूलो र युनिक अवसर हुनेछ र हामी यसलाई सक्दो प्रयोग गर्ने तयारीमा छौँ।’
‘दिल्ली डेयरडेभिल्सले छनोट गर्नु र त्यसपछि वर्ल्डकप क्वालिफायरको लागि छनोट हुनु,- मलाई लाग्दैन कि मेरो लागि वर्षको सुरुवात यो भन्दा बेटर हुनेछ। म एकदमै खुशी छु तर यही समय मेरो अगाडी आएको अवसरलाई पनि सदुपयोग गर्नुछ।’
नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी