
दोरनापालः भारतीय माअोवादी लडाकुले थापेको एम्बुसमा परी दुर्इ सैनिक जवानको मृत्यु भएको छ। भारतको छत्तिसगढ राज्यको सुकमा जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार लडाकुले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजको विशेष टास्क फोर्सका २ जवानको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
घटनामा अन्य ६ जना घाइते भएका छन्। सुकमा जिल्लाको भेजी पुलिस स्टेसनको इलाकामा भएको घटनामा माअोवादी छापामारहरूले सैनिकको गाडीमा समेत अागजनी गरेका छन्।
माओवादी विरूद्भको सर्च अपरेसनमा गएको संयुक्त सुरक्षा फौज क्याम्पमा फर्किने क्रममा छापामारले थापेको एम्बुसमा परेको थियो।
एम्बुस विस्फोट भएसँगै दुबैपक्षबीच मुठभेड चलेको थियो। दुर्इ फरक समूहमा रहेका नक्सलवादी लडाकुले सुरक्षा फौजमाथि अाक्रमण गरेको थियो।
प्रहरीले घटनामा २० जना नक्सलवादी लडाकु मारिएको दाबी गरेको छ। एम्वुस विस्फोट भएसँगै भएको झडपमा परी २० जना नक्सलवादी लडाकु मारिएको नक्सलवादी विरोधी अभियानका विशेष प्रहरी महानिर्देश डीएम अवस्थीले दाबी गरेका छन्।
अाक्रमण नक्सलवादीको एक नं. सैन्य वटालियनले गरेको सूचना प्राप्त भएको उनले जानकारी दिए।
यता नक्सलवादीहरूले उत्तर प्रदेश निवास सडक निर्माण अधिकारी अनिल कुमारको हत्या समेत गरेका छन्। उनीहरूले सो क्षेत्रमा सडक निर्माणमा खटिएका उनको हत्या गरी सडक निर्माणमा प्रयोग भएको गाडीमा समेत अागजनी गरेको प्रहरीले जनाएको छ। माअोवादीको विरोधीका रूपमा चिनिएका उनको हत्या गरी चार जनाको अपहरण गरिएको बताइएको छ।