PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिको र रियल मड्रिड विजयी

स्पानिस ला लिगा अन्तरगत गएराती भएको खेलमा दुई मड्रिड क्लब एथलेटिको र रियल विजयी भएका छन्।

एथ्लेटिकोले घरेलु मैदानमा एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दा रियलले रियल बेटिसलाई उसैको मैदानमा ५-३ ले हरायो।

एथ्लेटिकोको जितमा केभिन गमेइरो र डिएगो कोस्टाले एक-एक गोल गरे।

यस्तै रियलको जितमा मार्को असेनसिओले दुई तथा कप्तान सर्गियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जामाले एक-एक गोल गरे। बेटिसका लागि असा मेन्डी र सर्जि लियोनले गोल गरे भने रियलका नाचो फर्नान्डेजले एक आत्मघाती गोल उपहार दिए।

जितपछि २४ खेलबाट ५५ अंक जोडेको एथ्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी ७ मा झारेको छ। समान खेलबाट ६२ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।

यस्तै २३ खेलबाट ४५ अंक जोडेको रियल चौथो स्थानमा छ र तेस्रो स्थानको भ्यालेनसिया भन्दा एक अंकले पछि छ। रियलले भ्यालेन्सिया भन्दा एक खेल कम खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell