PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश ५ मा कांग्रेसले संसदीय दलको नेता छान्न सकेन, फागुन १४ गते निर्वाचन



पहिलोपोस्ट

प्रदेश ५ मा कांग्रेसले संसदीय दलको नेता छान्न सकेन, फागुन १४ गते निर्वाचन

रुपन्देही: नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेता चयनका लागि फागुन १४ गते निर्वाचन हुने भएको छ। सहमतिमा दलको नेता छनोटको प्रयास असफल भएपछि निर्वाचनबाट नेता चयन हुन लागेको हो।

संसदीय दलको नेतामा आकांक्षी धेरै भएपछि निर्वाचनबाटै नेतृत्व चयन हुन लागेको निर्वाचन समिति संयोजक डा. बुद्धबहादुर थापाले बताए।

थापाका अनुसार प्रदेश संसदीय दलको नेताको लागि ५ जनाको उम्मेदवारी परेको छ। बलदेव शर्मा पोखरेल, वीरेन्द्रकुमार कनौडिया, डिल्ली बहादुर चौधरी, वीर बहादुर राना र फकरुद्धिन खानको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।

१४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। सोही दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell