PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मासिँदै सिमल, संकटमा प्रकृतिका कुचिकार 'गिद्ध'



पहिलोपोस्ट

मासिँदै सिमल, संकटमा प्रकृतिका कुचिकार 'गिद्ध'

पाल्पाः आहार र बासस्थान व्यवस्थापन नहुँदा प्रकृतिका कुचिकार मानिने गिद्ध हराउन थालेका छन्। 

कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न लोप हुँदै गएका छन्। नदी किनारमा मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँनुले गिद्ध लोप हुँदै गएका छन्। 

सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेका छन्। यसले गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुरका स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए। 'कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक-दुईवटा पनि भेटृाउन मुस्किल छ', उनले भने। 

दशकअगाडि सम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका घाटमा गिद्धहरू देखिन्थे। नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो। हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दै छ। 

नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण प्रभावकारी हुन समेत सकेको छैन्। 
विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइएका छन्। आहारको कमी र सिमलका रूखहरुको विनाश हुँदै जाँदा गिद्धहरू लोप हुँदै गएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell