PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एफए कप : तेस्रो डिभिजनको क्लबसँग बराबरीमा रोकियो टोटनहम, रिप्ले म्याच खेल्नुपर्ने



पहिलोपोस्ट

एफए कप : तेस्रो डिभिजनको क्लबसँग बराबरीमा रोकियो टोटनहम, रिप्ले म्याच खेल्नुपर्ने

एफए कपको अन्तिम १६ अन्तर्गत आइतवार भएको खेलमा टोटनहम तेस्रो डिभिजन लिग वान को क्लब रोचडालेसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

राचडालेका स्टेभ डेभिसले खेलको अन्त्यतिर गोल गर्दै टोटनहमलाई जितबाट रोकेका थिए। त्यसअघि ४५औँ मिनेटमा इयान हेन्डरसनले गोल गर्दै घरेलु टोली राचडालेलाई अग्रता दिलाएका थिए।

५९औँ मिनेटमा टोटनहमका लुकास माउराले बराबरी गोल फर्काए। ८८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनहमलाई जित नजिक पुर्‍याएका थिए। तर अन्तिम समयमा डेभिसले गोल गरेपछि राचडाले बराबरी गर्न सफल भएको हो।

अब यी दुईबीच मार्च १ मा रिप्ले म्याच हुनेछ।

लिग वान खेल्ने टोली राचडाले रेलिगेशन जोनमा संघर्षरत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell