PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एउटै खेलमा १० खेलाडीलाई रातो कार्ड



पहिलोपोस्ट

एउटै खेलमा १० खेलाडीलाई रातो कार्ड

फुटबलको पर्यायवाची मानिने ब्राजिलमा भएको स्टेट च्याम्पियनसिप फुटबल खेलमा अनौठो घटना देखियो। एकै खेलमा १० खेलाडीले रातो कार्ड पाए। बहिया र भिटोरियाबीच भएको खेलमा रेफ्रीले बहियाका ५ तथा भिटोरियाका ५ खेलाडीलाई रातो कार्ड देखाउनुपर्‍यो

खेल सञ्चालन हुनका लागि दुबै टोलीमा कम्तीमा ७-७ जना हुनुपर्छ तर त्यसो नभएपछि रेफ्रीले दोस्रो हाफमा खेल रोक्नुपर्‍यो।


के भएको थियो घटना?

बहिया स्टेट च्याम्पियनसिप अन्तर्गत घरेलु टोली भिटोरिया र बहियाबीच खेल भइरहेको थियो।

डेनिलसनले ३३औँ मिनेटमा गोल गर्दै घरेलु टोली भिटोरियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बहियाले पेनाल्टी पायो। भिनिसिउसले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

बहियाका भिनिसिउसले गोल गरेपछि भिटोरियाका समर्थक अगाडी गएर डान्स गर्न थालेपछि खेलमा तनाव सुरू भएको थियो। जसले गर्दा दुबै टोलीका खेलाडी एक आपसमा भिडेका थिए। दुबै टोलीबाट मुक्का हान्न थालियो। त्यसको फलस्वरुप रेफ्रीले सुरुमा ८ रातो कार्ड देखाए। बहियाका ५ खेलाडी तथा भिटोरियाका ३ खेलाडीलाई सुरुमा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो।

त्यतिले पनि झगडा शान्त हुन सकेन। खेल पुन: सुरु भएको थियो तर रेफ्रीले केही मिनेटपछि भिटोरियाका थप २ खेलाडीलाई रातो कार्ड देखाए।

यतिखेसम्म दुबै टोलीका गरी १० खेलाडीले रातो कार्ड खाइसकेका थिए। अब मैदानमा २२ मध्ये १२ खेलाडी मात्र बाँकी रहे।

खेल सकिन १३ मिनेट बाँकी हुँदा खेल सञ्चालन हुन आवश्यक ७-७ खेलाडी नभएपछि रेफ्रीले खेल स्थगित गरेका हुन्। अनुशासनविरुद्ध भएको उक्त कार्यविरुद्ध कस्तो एक्सन लिने अब ब्राजिलियन कोर्टले निर्णय गर्ने जनाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell