PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

चार दिनदेखि बेपत्ता वडाध्यक्षका ६ वर्षीय छोराको शव फेला



पहिलोपोस्ट

चार दिनदेखि बेपत्ता वडाध्यक्षका ६ वर्षीय छोराको शव फेला

कपिलवस्तुः चार दिनअघि हराएका ६ वर्षका एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा ऐमानको शव घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले जनाएको छ।

गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा उनी चार दिनअघि बेपत्ता भएका थिए। 

वडाध्यक्ष फत्तेहले चार दिनअघि आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। 

उनले अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको दाबी गरेका छन्। मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ। 

शव आइतबार नै परीक्षण गरिएको छ। शव परीक्षण रिपोर्ट नअाँउदासम्म केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए। 

घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell