PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सांगीतिक ब्यान्ड 'सनम' नेपाल आउँदै



पहिलोपोस्ट

सांगीतिक ब्यान्ड 'सनम' नेपाल आउँदै

काठमाडौं: इन्डियन सांगीतिक ब्यान्ड ‘सनम’ नेपाल आउने भएको छ। प्यारडक्स सिटी इन्कले आयोजना गर्न लागेको 'सनम लाइभ इन नेपाल' कन्सर्टमा सनमले प्रस्तुति दिने भएको हो।

कार्यक्रम फागुन १९ गते शनिवार जावलाखेल ग्राउन्डमा हुनेछ जसको लागि एकदिन अघि नै ब्यान्डका सम्पूर्ण सदस्य नेपाल प्रस्थान गर्नेछन्। गायक स्वप्न सुमनले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार स्वप्न सुमन स्वयंमको पनि कार्यक्रम ओपनिङ प्रस्तुति रहनेछ। अन्य कलाकार 'लाहुरे' आशिष राना, ब्यान्ड समिसन साथमा सुशील र प्रसन्नले पनि प्रस्तुत हुनेछन्।

कार्यक्रम तीन बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको लागि टिकट मूल्य १५००, ३०००, ५००० तोकिएको छ। टिकट बुकिङका लागि यहाँ क्लिक गर्नुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell