PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

इन्भेस्टमेन्ट प्रालिका आठ संचालक पक्राउ



पहिलोपोस्ट

इन्भेस्टमेन्ट प्रालिका आठ संचालक पक्राउ

काठमाडौं: कानून विपरित वित्तीय कारोबार गर्ने इन्भेस्टमेन्ट प्रालिका आठ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रुपमा संचालन गर्ने कम्पनीका संचालकलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालिका संचालक श्याम पेशकार थारु र भिमप्रसाद चौधरी, हलेसी इन्भेष्टमेन्ट प्रा.लि. धरानका संचालक चन्द्र विक र अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु शाह, इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, इटहरीका सुनिल गुरागाई र इन्भेष्टमेन्ट प्रालि इटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य रहेका छन्।

नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई गैर कानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनताहरुसंग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तीय कारोवार गरिएको देखिएको छ।







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell