PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मेरो पालामा न्याय सम्पादनमा एेतिहासिक प्रगति भएको छ: पराजुली



पहिलोपोस्ट

मेरो पालामा न्याय सम्पादनमा एेतिहासिक प्रगति भएको छ: पराजुली

काठमाडौं:  प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्न विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने दाबी गरेका छन्। 

बाल सुधार गृह सानो थिमीले आयोजना गरेको एक कार्यक्रममा पराजुलीले सत्यताको जागरुक गर्न विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यताका प्रतीक रहेको बताए। उनले समाजमा आफूलाई अहम र ठुलो ठान्नेहरु नै असभ्यताको खेती आरोप लगाए।

प्रधानन्यायाधीश पराजुलीले भने, 'जो कोही होस सभ्यतातर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नै पर्छ। उनले अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै गुमाउनु हुदैन।'

पराजुलीले न्यायालय र मिडियाको कार्यशैली फरक भएपनि लक्ष्य सत्यको खोजी भएको उल्लेख गरे। उनले भने, 'कसैलाइ केही लागेको कुरा भन्न छुट होला तर ती सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्छ।' 

पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको दाबी गरे। विगतमा डेढ बर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको उनको भनाई थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell