PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

निर्वाचन आयोगमै प्रधानमन्त्री ओलीको आक्रोश: आयोगले जनताको टिप्पणीमा ध्यान दिएन



पहिलोपोस्ट

निर्वाचन आयोगमै प्रधानमन्त्री ओलीको आक्रोश: आयोगले जनताको टिप्पणीमा ध्यान दिएन

काठमाडौं: निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद व्यक्त गरेका छन्। 

दोस्रो निर्वाचन दिवसको अवसर परी निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनले संक्रमणको विधिवत अन्त्य गरी देशको भाग्य र भविष्य निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताए।  

यद्यपि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको कामकार्यप्रति भने असन्तुष्ट व्यक्त गर्दै आएका थिए। यसअघि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक नगरेको भन्दै उनले निर्वाचन आयोगको आलोचनासमेत गरेका थिए। 

असन्तुष्ट ओलीले प्रधामन्त्री भैसकेपछि पनि तुस पोखेका छन्। प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आयोगले निर्वाचनका क्रममा देखा परेका विकृतिजन्य कुराहरु प्रति प्रकट भएका जनताका टिप्पणीहरु प्रति आगामी दिनमा ध्यान दिनु र सच्याउनु जरुरी छ।’

उनले अन्तराष्ट्रिय स्तरमा स्थापित निर्वाचनका मुल्य मान्यता अनुकुल स्वच्छ, स्वतन्त्र र विश्वनीय रुपमा निर्वाचनको व्यवस्थापन गर्नु निर्वाचन आयोगको प्रमुख चुनौति रहेको बताए। 

आगामी दिनमा निर्वाचन आयोग सरोकारवाल सबैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गर्दै आफ्नो विश्वनियता अभिवृद्धि गर्न समर्थ बनोस भन्ने अपेक्षा गरेको उल्लेख गरे। 

कार्यक्रममा ओलीले संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए छ। उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि प्राकृतिक स्रोत साधनहरुको अत्याधिक सदुपयोग, कृषिको आधुनिकरण, पर्यटनको विकास, वातावरणको संरक्षण, बृहतर विकाशका पुर्वधारका निर्माण र अधुनिक उद्योग धन्दाको विकासमा जोड दिने बताए। 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए। निर्वाचन आयोगका प्रमुख डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुकै सहयोगमा निर्वाचन सफल भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell