काठमाडौं: क्विक्स होम एण्डे अवे बास्केबल लिगमा सोमबार भित्रुवन आर्मी र टिम बुढानिलकण्ड मुनिसिपालिटीले जित हात पारेका छन्। लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा आर्मीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८८-५० ले हरायो।
भद्रकालीस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले पहिलो क्वाटरमा १९-२२ ले पछि रहेपनि त्यसपछिका तीन क्वाटरमा अग्रता राख्दै जित हासिल गरेको हो। आर्मीले दोस्रो क्वाटर १३-६, तेस्रो क्वाटर २७-१२ तथा चौथो क्वाटर १९-१० ले जित्यो।
आर्मीको जितमा रविन खत्रीले सर्वाधिक १७ तथा सदिस प्रधानले १६ अंक स्कोर गरे। यसैगरी विक्रम सिंह र आयुष जोशीले समान ११ अंक स्कोर गरे। गोल्डेन गेटमा विनोद श्रेष्ठ र राजीव जोशीले १४-१४ अंक स्कोर गरे।
लगातार दुई जितपछि आर्मी अंक तालिकामा ६ अंकका साथ शीर्ष स्थानमा छ।
सोमवबारै भएको पहिलो खेलमा टिम बुढानिलकण्ठ मुनिसिपालीटीले साउथ साइडर्स बास्केटबल क्लबलाई ५९-५६ ले हरायो। घरेलु कोर्ट गल्फुटारमा भएको खेलमा बुढानिकलण्ठले पहिलो क्वाटर ६-२२ ले गुमाएपनि त्यसपछिका क्वाटरमा १६-१४, १७-२, २०-१८ को अग्रता बनाउँदै जित हात पारेको हो। बुढानिलकण्ठको जितमा तेजेन्द्र गुरुङ र विजय रानाले सर्वाधिक १६ अंक स्कोर गरे। तेजेन्द्रले दुईपटक ३ अंक स्कोर गरेका थिए। यस्तै साउथ साइडर्सका सन्जय ब्यान्जनकारले १५ तथा रविन गौतमले १५ अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भएन।
प्रतियोगिताअन्तर्गत मंगलवार हिमालयन हाउन्ड्स र विशाल मिलन केन्द्रबीच शंकरदेव क्याम्पसमा खेल हुनेछ।
आर्मी र गोल्डेनगेटबीच भद्रकालीमा भएको खेलको फोटो :