PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

पुलिसका भूमिराज राईले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि



पहिलोपोस्ट

पुलिसका भूमिराज राईले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पोखरा : ‘१२औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन्।

त्यसैगरी निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका आर्मीका हरिकुमार रिमाल दोस्रो भएका छन्। तेस्रो स्थानपनि आर्मीकै लालबहादुर थापाले हात पारेका छन्। उनले २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरे।

म्याराथनमा प्रथम हुनेले नगद ७० हजार, दोश्रोले ४५ हजार, तेश्रोले ३० हजार, चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गरेका छन्।

पोखरा रंगशालाबाट सुरुभएको ४२ .१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, चाउथे डि.आर पेट्रोलपम्प, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट हुदै रंगशालामा पुगेर समापन भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell