PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

फुटबलर विक्रम लामा अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

फुटबलर विक्रम लामा अस्पतालबाट डिस्चार्ज

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लबका कप्तान बिक्रम लामा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्।

दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियो थेरापी लगायतका पुनस्थापनात्मक उपचारपछि सोमवार डिस्चार्ज भएका हुन्।

नौ दिनअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका लामाको सोही दिन राती बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको थियो। लामाको भोलीपल्ट आइतबार देखिनै फिजियोथेरापि समेत शुरु गरिएको थियो।

हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई आज डिस्चार्ज गरीएको डा. चक्रराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार लामा ६ देखी ८ महिनामा खेल मैदानमा फर्कन सक्नेछन्।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा बोल्दै विक्रम लामाले आफुले उत्कृष्ट उपचार पाएकोमा उपचारमा संलग्न डा. चक्रराज पाण्डेको टिम तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिवारप्रति आभार व्यक्त गरे।

धरानमा भएको बुढासुबा गोल्डकपको फाइनलमा नेपाल पुलिस विरुद्ध खेल्दा घाइते भएका लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell