PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

बालुवाटारमा एमाले-माओवादी एकताबारे महत्त्वपूर्ण बैठक, एकीकरणको प्रारम्भिक खाका बनाउने तयारी



नेत्र तामाङ

बालुवाटारमा एमाले-माओवादी एकताबारे महत्त्वपूर्ण बैठक, एकीकरणको प्रारम्भिक खाका बनाउने तयारी

काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति एमाले-माओवादी पार्टी एकीकरणका लागि महत्त्वपूर्ण मानिएको बैठक सुरु भएको छ। बैठकका लागि दुवै पार्टीका शीर्ष नेता बालुवाटारमा भेला भएका छन्। 

बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरुलाई फोटो खिच्न दिइएको थियो। बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगै एकापट्टी लहरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ छन् भने अर्को तर्फ एमाले नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमसँगै माओवादी नेता रामबहादुर थापा बादल छन्। 

आजको बैठकमा कुरा मिले पार्टी एकीकरणको प्रारम्भिक खाकामा दुई दलको हस्ताक्षरसम्म गर्ने तयारी भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell