PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रधानमन्त्रीमा आलोपालो सहमति भएको हो? अकमकाउँदै यसो भने ईश्वर पोखरेलले



पहिलोपोस्ट

प्रधानमन्त्रीमा आलोपालो सहमति भएको हो? अकमकाउँदै यसो भने ईश्वर पोखरेलले

काठमाडौंः मध्यरातमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको सहमतिका बुँदा लिएर एमाले महासचिव ईश्वर पोखरेल तथा  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सञ्चारकर्मीसामू आइपुगे।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताबारे बसेको बैठक अन्तिम निष्कर्षमा पुग्ने चर्चाले जम्मा भएका सञ्चारकर्मी ठेलमेल गर्दै नेताद्वयको अघि पुगे।

माओवादी नेता श्रेष्ठले एमाले र माओवादीबीच एकीकरणका लागि तय भएका सात बुँदा सर्सर्ती पढेर सुनाए।

श्रेष्ठले सात बुँदे सहमति बाचन गरिसकेपछि सञ्चारकर्मीको प्रश्न वर्षियो।

प्रधानमन्त्रीमा आलोपालो हुन्छ कि हुन्न? प्रचण्ड र ओली सहअध्यक्ष बन्ने कुरा आएको थियो सहमति के भयो?

नारायणकाजीले प्रश्न एमाले महासचिव पोखरेलतिर पन्छाए।

तर, पोखरेलले सञ्चारकर्मीलाई टार्न खोज्दै भने भएको सहमति यति नै हो। आवश्यक परे पछि छलफल हुन्छ।

तर,  फेरि त्यही प्रश्न दोहोरियो।

जवाफमा अकमकाउँदै पोखरेलले भने, 'तपाईहरुले खोजेको कुरा माग गर्नुभएको हो भने म भन्न सक्दिनँ। अहिले भएको समझदारी यही हो। हिजो-अस्ती तपाईँहरुले के लेख्नुभएको थियो। त्यो मलाई थाह भएन।'

त्यसो भए पार्टी एकता कहिले हुन्छ? पुनः प्रश्न सोझियो।

'धन्यवाद भन्दै पोखरेल र श्रेष्ठ प्रधानमन्त्रीको बैठक हलतिरै प्रवेश गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell