PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

चुनावमा असहयोग गरेको भन्दै कांग्रेस मोरङद्वारा तीन जनालाई कारबाही



पहिलोपोस्ट

चुनावमा असहयोग गरेको भन्दै कांग्रेस मोरङद्वारा तीन जनालाई कारबाही

उर्लाबारीः नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ।

उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए।

यस्तै, बैठकले निर्वाचनमा असहयोग पुर्‍याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। उनीहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए।

यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ। मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell