PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै



पहिलोपोस्ट

अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै
तस्बिर : फाइल

काठमाडौँः अदालतको अपहेलना मुद्दामा साधरण तारेखमा रिहा भएका प्रा.डा. गोविन्द केसी आज सर्वोच्च अदालतमा हाजिर हुँदैछन्। पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर हुन लागेका हुन्। अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधरण तारेखमा रिहा गरेको थियो।

चिकित्शा शास्त्र अध्ययन संस्थानको (आइओएम) डीनमा डा‍. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी र अदालतबीच द्वन्द्व सुरु भएको थियो। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए। अदालतको आदेशविरुद्ध केसीले अनशन थालेका थिए।

केसीको अनशनपछि सर्वोच्च प्रशासनले टिप्पणी तयार पारेर अपहेलना मुद्दा चलाएको थियो। अपहेलना मुद्दामा आदेश गर्दै अदालतले केसीलाई अनशनस्थलबाटै पक्राउ गरेको थियो। पक्राउको सर्वत्र आलोचना भएको थियो।

पक्राउको तीन दिनपछि पुस २६ गते सर्वोच्चले केसीलाई साधरण तारेखमा रिहा गरेको थियो। केसीको माग अनुसार अदालतलको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि अध्ययनका लागि भन्दै मगाएको थियो।

प्रारम्भिक सुनुवाइपछिको पहिलो तारेख भएका कारण मुद्दा आज नै सकिने सम्भावना छैन। अदालतले मुद्दाको सुनुवाइ निरन्तर राखेमा केही दिनमा अन्तिम छिनोफानो हुनेछ। निरन्तर सुनुवाइ नगरेको अवस्थामा मुद्दा सकिन केही समय लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell