PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सिरियामा सरकारी सैनिकको अाक्रमणमा ७७ जनाको मृत्यु



पहिलोपोस्ट

सिरियामा सरकारी सैनिकको अाक्रमणमा ७७ जनाको मृत्यु
फोटोः एएफपी

बेरुतः सिरियामा सरकारी सेनाको कारवाहीमा परी ७७ जना सर्वसाधारणको मृत्यु भएको छ। विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा सिरियाली सेनाले कारवाही गरेको थियो।

विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु हो। 

सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले पुर्वी गौटामा पर्ने हाम्मुरेहमा सरकारी सेनाको हवाई तथा रकेट आक्रमणमा परी २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएको जनाएको छ। 

करिब ४ लाख जनसंख्या रहेको सो क्षेत्र सन् २०१३ यता विद्रोहीको घेराबन्दीमा छ। 

यता संयुक्त राष्ट्र संघले मानव बस्तीमा भइरहेको अाक्रमण रोक्न अाग्रह गरेको छ। उसले त्यहाँको अवस्था नियन्त्रण बाहिर गएको समेत जनाएको बीबीसीले जनाएको छ। 

सो क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमण बढाएको छ। 

सोमबारको अाक्रमणमा स्वस्थ्य केन्द्रहरू समेत परेका छन्। एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पतालमा समेत सोमबार अाक्रमण भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell