PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विप्लवका कार्यकर्ताले सरकारी गाडीमा आगो लगाए



पहिलोपोस्ट

काठमाडौंः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ।

बन्दकर्ताले बिहानै मध्यबानेश्वरमा पार्किङ गरी राखेको बा १ झ ८१३८ नम्बरको सरकारी गाडीमा आगजनी गरेका छन्। आगलागीबाट गाडीको सिट जेलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल बताए। एसएपी पोखरेलले प्रहरी समयमा नै पुगेकाले ठूलो क्षति नभएको बताए।

राजधानीको सुरक्षा व्यवस्था चुस्त राखिएको उनको भनाइ छ। प्रहरीले सोमबार बेलुका र मंगलबार बिहान गरेर चारजना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell