PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एफए कप : विगान एथ्लेटिकसँग अप्रत्यासित हारपछि म्यानचेष्टर सिटी बाहिरियो



पहिलोपोस्ट

एफए कप : विगान एथ्लेटिकसँग अप्रत्यासित हारपछि म्यानचेष्टर सिटी बाहिरियो

प्रिमियर लिग मा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटि एफए कपकको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराती भएको अन्तिम १६ को खेलमा लिग वान क्लब विगान एथ्लेटिकसँग १-० ले पराजित भएपछि सिटी बाहिरिएको हो।

पहिलो हाफको अन्त्यतिर फावियन डेल्फ रातो कार्ड  खाएर मैदान बाहिरिएपछि सिटीले १० खेलाडीमा रहेर दोस्रो हाफ खेलेको थियो।

विगानलाई क्वाटरफाइनलमा पुर्‍याउन घरेलु मैदानमा विल ग्रीगले ७९औँ मिनेटमा एक मात्र गोल गरे।

विगानले अब क्वाटरफाइनलमा साउथह्याम्पटनसँग प्रतिसपर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell