PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

मैना कडेरीका बाढीपीडितले पाए नयाँ घर



रासस

मैना कडेरीका बाढीपीडितले पाए नयाँ घर

सप्तरीः बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारले घर पाएका छन्। सर्वाेदय नेपालकाे पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले घर बनार्इ बाढीपीडितलार्इ नयाँ घर बनार्इ हस्तान्तर गरेकाे हाे। 

जिल्लाको तिरहुत गाउँपालिकाका वडा नम्बर १, २ र ५ साविकको मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको हाे। 

एक घर बनाउन करिब रु एक लाख ८६ हजार लागेको धर्मोदय नेपालका अध्यक्ष काशीनाथ जोशीले बताए। गत साउनमा आएको  बाढीबाट सो गाउँपालिकाको वडा नं १, २ र ५ का १८ परिवारको पूर्णरुपमा घरमा क्षति भई घरविहीन भएका थिए। 

तिरहुत गाउँपालिकाका डम्वर राम, इन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जीवछ मलाह, सरस्वतीदेवी रामलगायत १८ परिवारको गत साउनमा आएको बाढीबाट उठिवाससमेत भएको थियो। 

स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल (आरएफपी) तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी)ले एक महिनाको समय लगाएर नयाँ घर बनाएर हस्तान्तर गरेकाे हाे। 

सिमेण्ट प्लास्टर भएको बराण्डा, काठ, बाँस र टिनको छानाबाट निर्माण गरिएको घर २० फिट लम्बाइ र १८ फिट चौडाइ रहेको छ। 

सहयोगी संस्थाका प्रमुख मासामिची कामियाँ, दिपीका सिंह, लोकमान्य गोल्छा तथा दिपीका सिंहले नयाँ घरको साँचो मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell