PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मन्त्रालय पुनर्गठनपछि मात्रै माओवादी सरकारमा जाने



पहिलोपोस्ट

मन्त्रालय पुनर्गठनपछि मात्रै माओवादी सरकारमा जाने

काठमाडौंः एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सात बुँदे लिखित सहमतिमा हस्ताक्षर भए पनि मन्त्रिपरिषद् बिस्तारमा भने अन्योलता देखिएको छ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मन्त्रालयको पुनर्गठन भएपछि मात्र माओवादी सरकारमा सहभागी हुने बताइन्।

उनले भनिन्, ‘मन्त्रालयहरुको पुनर्गठन गर्ने र त्यसपछि पावर सेयर गर्ने गरेर माओवादी सरकारमा सहभागी हुन्छ। सरकारमा कहिले सहभागी हुन्छ भन्ने तिथि मिति तय भएको छैन।’ 

उनले मन्त्रालयको पुनर्गठन भएपछि मात्र माओवादीबाट सरकारमा कति मन्त्री जाने र को-को मन्त्री पठाउने भन्ने टुङ्गो लाग्ने बताइन्।

पार्टी एकता र मन्त्रालय बाँडफाँट लगायतका विषय छलफलमै रहेको पनि उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell