PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘नेपाल कम्युनिष्ट पार्टी’सँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छ चिनियाँ कम्युनिष्ट पार्टी



पहिलोपोस्ट

‘नेपाल कम्युनिष्ट पार्टी’सँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छ चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौंः  नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच पार्टी एकता हुन लागेको प्रति चिनियाँ कम्युनिस्ट पार्टीले खुशी व्यक्त गरेको छ। 

पार्टीका विदेश विभागका उपमन्त्री येझाऊले मंगलबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एकताले नेपालमा राजनीतिक स्थायित्व र विकासका निम्ति ठूलो योगदान पुर्‍याउने बताएको प्रचण्डको सचिवालयले जनाएको छ। 

भेटमा उपमन्त्री येझाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि भएको ७ बुँदे सहमतिका विषयमा समेत जिज्ञासा राखेका छन्। 
 
चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। 

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। 

भेटका क्रममा उनले नेपालमा बन्ने नयाँ एकीकृत पार्टी ‘नेपाल कम्यूनिष्ट पार्टी’सँग चिनियाँ कम्यूनिष्ट पार्टी सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए। 

प्रचण्ड निवास खुमलटारमा बिहान भएको भेटमा उपमन्त्री येझाऊले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताएका थिए। 

प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्य्दिशा निर्माण गर्ने समेत बताएको उनको सचिवालयले जनाएको छ। 

भेटका उपमन्त्री येझाऊले प्रचण्डलाई चिनियाँ राष्ट्रपती सी जिनपिङले लेखेको पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२’ हस्तान्तरण गरेका थिए। 

यसअघि उपमन्त्री येझाऊले सोमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। नेपालका लागि चिनियाँ राजदुत यु होङसहित बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। 

भेटका क्रममा चीनसँग भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ। उपमन्त्री येझाउले नेपालको नयाँ सरकारसँग चीन सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell