PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

देउवाको बोलीले कार्यकर्ताको मनोबल गिर्‍यो : शेखर कोइराला



पहिलोपोस्ट

देउवाको बोलीले कार्यकर्ताको मनोबल गिर्‍यो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गैर जिम्मेवार अभिव्यक्तिका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन्।

प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले भने, 'सभापतिजीले पार्टी हारेको हैन, ब्यक्ति हारेको  भनेर भन्न सुहाउँछ?'

उनले अहिलेको विधानबाट पार्टी चल्न नसक्ने उल्लेख गर्दै जतिसक्दो छिटो महासमिति बोलाएर पार्टीलाई संघीय संरचनामा लैजानुपर्ने बताए।
कार्यक्रममा कोइरालाले नेतृत्वबाट महासमिति बैठक रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसतर्फ खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।

उनले बिपी कोइरालाको राष्ट्रियता र समाजवादको पुन:परिभाषा गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ र प्रजातन्त्र सेनानी संघका केन्द्रीय सभापती टंक शर्मा कँडेलले अहिलेको नेतृत्वबाट अब पार्टी चल्न नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell