PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

बागलुङमा भेटिएकाे बम सेनाद्वारा निष्क्रिय



रासस

बागलुङमा भेटिएकाे बम सेनाद्वारा निष्क्रिय

बागलुङः जिल्लाकाे बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए। बमलार्इ नेपाली सेनाकाे बम डिष्पाेजल टाेलीले निष्क्रिय पारेकाे उनले जानकारी दिए। 

बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

गएराति नै बागलुङ नगरपालिका-२ धवलागिरि चोकमा बम विष्फोट भएको थियो। विष्फोट भएको सडकमा खाल्डो परेको र स्थानीय व्यवसायी श्रीधर कँडेलको घरको सिसा चर्केको छ। 

मध्यरातमा ठूलो आवाजसहित विष्फोटको आवाज आएपछि सर्वसाधारण त्रस्त भएका थिए। आज बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बम विष्फोट गराएको आशंका गरिएको छ। बन्दका कारण बागलुङलगायत धवलागिरि क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ। बन्दका कारण यातायात, बजार ठप्प छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell