PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

'सामाजवादको यात्रा' सार्वजनिक



पहिलोपोस्ट

'सामाजवादको यात्रा' सार्वजनिक

काठमाडौं: लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको 'समाजवादको यात्रा : युटोपियादेखी चौथो आयामसम्म' पुस्तक सार्वजनिक भएको छ।

छ खण्डमा विभक्त पुस्तकमा मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषण सहित जबज र बिपी-विचारधारा सम्मको विश्लेषण र व्याख्या गरिएको छ। समाजवादी विश्व राजनीतिक विकासक्रम र त्यसले नेपालि राजनीतिलाई पारेको प्रभाव र अपेक्षालाई पुस्तकमा विश्लेषण गरेका लेखकको दाबी छ। छन्।

उनले पुस्तक बारे भने,'पुस्तक सामाजिक– राजनीतिक विकासक्रमलाई अध्ययन गर्न चाहाने र विश्व-समाजवादी धारामा आएका परिवर्तन साथै नेपाली राजनीतिको बर्तमान वैचारिक अवस्थाको बारेमा रुची राख्ने सबैको लागि उपयोगी हुनेछ।'

उक्त पुस्तकलाई साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो। बिस्वास रहेको छ। ३१२ पृष्ठ रहेको पुस्तकको  मूल्य ३९५ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell