PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

जुनियर ट्रम्प भारतमा



पहिलोपोस्ट

जुनियर ट्रम्प भारतमा

नयाँदिल्लीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड जाेन ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा सहभागी हुन उनी अाएका हुन्। 

राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका छन्। उनले राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेकाे बतार्इएकाे छ। 

भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ। यसअघि ट्रम्पपुत्री इभान्का ट्रम्प गत नाेभेम्वरमा भारत भ्रमण गरेकी थिइन्। उनी अाफ्नाे नीजि विमान बोईङ ७७५ 'ट्रम्प फोर्स वन' मा नयाँ दिल्ली अोर्लिएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell