PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

कतारमा समातिए मोस्ट वान्टेड सिरियल किलर, नेपाल ल्याउने तयारी



सविन ढकाल

कतारमा समातिए मोस्ट वान्टेड सिरियल किलर, नेपाल ल्याउने तयारी

काठमाडौं : ६ जनाको हत्या अभियोगमा मोस्ट वान्टेड सकिल हुसेन प्रहरीको नियन्त्रणमा परेका छन्। सिरियल किलरका रुपमा प्रहरीले खोजी गरिरहेको हुसेन कतारमा पक्राउ परेका हुन्।

४२ वर्षीय सकिल हुसेन सप्तरीका हुन्। केही वर्षेदेखि इन्टरपोल रेड कर्नर नोटिसमा उनको नाम समावेश थियो। पक्राउ परेका हुसेनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

कसकसको हत्या गरेका थिए?
हुसेनले २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी (मोहमद आलमकी श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए। 
२०७० असोजमा जन्डौल–६ को दुलारीदेवी साहको हत्या पनि हत्या गरेका थिए। 

२०७० चैत १ गते उनले त्रिकोल ५ बस्ने जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell