PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

‘ब्लाइन्ड रक्स’ दोस्रो विदेश प्रिमियर सम्पन्न



पहिलोपोस्ट

‘ब्लाइन्ड रक्स’ दोस्रो विदेश प्रिमियर सम्पन्न

फिल्म 'ब्लाइन्ड रक्स' हङकङ प्रिमियर भएको छ। यसअघि फिल्म लण्डनमा देखाइयो। लण्डनका दुई दर्जन सहरमा प्रदर्शनपछि यो प्रोफाइल फिल्म हङकङमा रिलिज गरिएको हो।

समारोहमा निर्माता निकेश लिम्बुलाई प्रिमियर आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान समेत गरेको थियो। अध्यक्ष राजु राईले सम्मान प्रदान गरे। मिलन चाम्स निर्देशित बायोपिक १८ गते नेपालभर प्रदर्शन हुँदैछ। 

किशोरावस्थमा दृष्टि गुमाएकी युवती सृष्टि केसीको जीवनमाथि बनेको फिल्ममा बेनिशा हमालले मुख्य भूमिका निर्वाह गरेकी छन्। गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायत समेत छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell