PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'कीर्तेमा कीर्तिमान, गोपाल पराजुली श्रीमान्' भन्दै नारा लगाएपछि केसीका समर्थक पक्राउ

'कीर्तेमा कीर्तिमान, गोपाल पराजुली श्रीमान्' भन्दै नारा लगाएपछि केसीका समर्थक पक्राउ

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

अदालतको अवहेलना मुद्दामा हाजिर हुन डाक्टर केसी आज सर्वोच्च अदालत पुगेका थिए। उनले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका थिए। उनले न्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति दिएको नहुने तर्क गरेका छन्। 

केसीका समर्थकहरुले प्रधान न्यायाधीश पराजुलीविद्ध कडा नारावाजी गरेका थिए। उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ परेका हुन्। उनीहरुलाई वैद्यखानासँगकै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell