PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ईपीजीको बैठक शुक्रबार देखि काठमाडौँमा, प्रतिवेदन लेखनको काम सुरु



पहिलोपोस्ट

ईपीजीको बैठक शुक्रबार देखि काठमाडौँमा, प्रतिवेदन लेखनको काम सुरु

काठमाडौंः नेपाल भारत प्रबुद्ध समूहको बैठक शुक्रबार काठमाडौँमा बस्ने भएको छ। समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईका अनुसार बैठकको तयारी स्वरुप सरोकारवालासँग छलफल सुरु भएको छ। 

समूहको सातौँ बैठकमा दुई देशबीच भएका पुराना सन्धी सम्झौताको परिमार्जनका विषयमा थप छलफल हुने उनले जानकारी दिए। यसअघि काठमाडौंमा हुने बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित सहमति र छलफललाई लिपिवद्ध गरिने डा. भट्टराईले जानकारी दिए। 

‘हामी प्रतिवेदन तयार गर्ने चरणमा छौँ, यसअघि भएका सहमति र यसपटकको बैठकमा यसअघि भएका छलफललाई लिपिवद्ध गरिने,’ उनले भने, ‘मुख्यगरी हामीले पुराना सन्धी सम्झौतालाई समयसापेक्ष रुपमा परिमार्जनको कुरा उठाइरहेका छौँ, यसपटक पनि उठाउँछौँ ।’ बैठकसँगै प्रतिवेदन लेखनलाई समेत अगाडि बढाएको उनले जानकारी दिए। 

सन् २०१६ जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको छ। जसअनुसार आगामी असारमा समूहले प्रतिवेदन तयार गरी दुई देशका सरकारलाई बुझाउनुपर्ने हुन्छ। 

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्रीसन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन भएको हो।

२३ वर्ष अघि काठमाडौंमा नै सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई प्रबुद्ध व्यक्ति समूह गठनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म तीनवटा बैठक नेपालमा र तीनवटा बैठक भारतमा सम्पन्न भएका छन्।

प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका नेता तथा सांसद भगतसिंह कोसियारीले गर्दै छन्।

यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell