PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चैत पहिलो साता पार्टी एकता : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

चैत पहिलो साता पार्टी एकता : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चैत पहिलो साताभित्र पार्टी एकताको घोषणा गरिने बताएका छन्। 

गएराति मात्र एमाले–माओवादीले पार्टी एकताका लागि लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्। 

एमाले सचिव ज्ञवालीले अहिले मन्त्रिपरिषद बिस्तार, राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएकाले पार्टी एकताको लागि केही समय लाग्ने बताए। रिपोटर्स क्लबमा उनले भने, ‘बुधबारभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ। त्यसपछि राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छौं।’ 

उनले वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै दोहोरीने सम्भावना रहेको पनि उल्लेख गरे। 'अहिले हामी छलफलमै छौं। वर्तमान राष्ट्रपति उपराष्ट्रपति दोहोरिने सम्भावना पनि रहेको छ,' नेता ज्ञवालीले भने।

‘संविधानले २५ जना भन्दा बढीको मन्त्रिपरिषद बनाउने अनुमति दिँदैन,’ उनले भने, ‘हामी त्यो भन्दा पनि कम सदस्यीय मन्त्रीमण्डल बनाउने प्रयासमा छौं।’

प्रधान मन्त्रीमा आलोपालो गर्नेबारे नेता ज्ञवालीले पार्टी एकता भएपछि आलोपालो गर्ने भन्ने कुरा नहुने बताए। तर, दुई अध्यक्षबीच कार्य विभाजन भने हुनसक्ने बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell