.jpg)
काठमाडौं : 'कोक खाम, रसिया जाम' योजनाअन्तर्गत ४० जना भाग्यशाली विजेताले यही वर्ष रसियामा हुने फिफा विश्वकप फुटबल प्रत्यक्ष हेर्न जान पाउने भएका छन्।
कोकाकोलाले मंगलवार कोक खाम रसिया जाम अभियान सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो।
यस अफरअन्तर्गत कोकाकोलाको भाग्यशाली उपभोक्ताले जीवमा एकपटक आउने अवसर स्वरुप सम्पूर्ण खर्चसहित जुन\जुलाईमा हुने विश्वकप हेर्ने मौका पाउनेछन्।
कोकाकोला नेपालका कन्ट्रि डिरेक्टर अम्बुज सिंहले कोकाकोलाको यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्याम्पेन रहेको बताउँदै ४० जना भाग्यशाली विजेताले यो अवसर पाउने बताए। 'दिस इज लार्जेस्ट एभर क्याम्पेन बाइ कोक, 'कोक खाम रसिया जाम'। यो लास्ट इअरको भन्दा १०औँ गुणाले बढी हो। गत वर्ष कोकाकोलाको योजना अन्तर्गत ४ जनाले विश्वकप हेर्ने मौका पाएका थिए।'
'यो निकै ठूलो क्याम्पेन हो जहाँ १२ हजार ६ सय विजेताले फिफाको लोगो अंकित विशेष उपहार जित्न सक्नेछन्।'
यसैगरी बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित बार्श्नेले नेपालमा हुन लागेको यो अहिलेसम्मको ठूलो क्याम्पेन रहेको बताए। 'फुटबल नम्वर वान स्पोर्ट्स रहेको र त्यसमा जोडिन पाउँदा एकदमै खुशी छौँ।'
यस्तै प्रत्येक दिन २ सय उपभोक्ताले आकर्षक पुरस्कार जित्न सक्नेछन्। फिफा लोगोअंकित विशेष उपहारहरु स्पिकर हेडफोन पेनड्राइभ जस्ता उपहार जित्न सक्नेछन् भने प्रत्येक दिन २ जनाले २४ इन्चको टेभिलिजन जिन्न सक्नेछन्।
यो योजना अप्रिल १५ सम्म सञ्चालन हुनेछ। यो अफरमा ३ सय एमएल, ५ सय एमएल, १ लिटर २.२५ लिटर, फ्यान्टा अरेन्ज, फ्यान्टा लेमन, स्प्राइट र कोक जिरोमा लागु हुनेछ। यो क्याम्पेनमा १८ वर्ष पूरा गरेकाले नेपाली नागरिकले भाग लिन पाउनेछन्।
यस योजनामा हभागी हुने उपभोक्ताले बोटलबको लेभल पछाडी रहेको १० अंकको युनिकोट ३७७२२ मा एसएमएस गर्नुपर्नेछ। राती १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस लक्की ड्र मा समावेश गरिने छ।