PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भिन्न भिन्न सरकारलाई हेर्ने राष्ट्रपतिको भिन्न भिन्न चस्मा : नेपाली कांग्रेस



पहिलोपोस्ट

 भिन्न भिन्न सरकारलाई हेर्ने राष्ट्रपतिको भिन्न भिन्न चस्मा : नेपाली कांग्रेस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्न भिन्न सरकारलाई भिन्न भिन्न चस्माले हेरेको भन्दै नेपाली कांग्रेसले आपत्ती प्रकट गरेको छ।

शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेका तीनजनाको नाम राष्ट्रपतिले स्वीकृत नगरी आजमात्र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले गरेको सिफारिस तत्काल सदर गरेकी थिइन्।

'यो सिफारिस संविधानको धारा ८६ को उपधारा २ को 'ख' बमोजिम थियो। धारा ८६ को उपधारा २ को 'क' सक्रिय भइसक्दा 'ख'लाई सक्रिय तुल्याउन संविधानत: स्वभाविक प्रकृया थियो,' कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्यमार्फत् भनेका छन्, 'संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रस्ट व्यवस्था अनुरुप सो सिफारिस स्वीकृत गर्नैपर्थ्यो। भिन्न भिन्न सरकारलाई भिन्न भिन्न चस्माले हेरेर राष्ट्रपति जस्तो संस्थाबाट व्यवहार प्रस्तुत हुनुलाई गम्भीर रुपमा लिँदै संविधानको मुल मर्म र भावना विपरित यो निर्णय रहेको ठहर नेपाली कांग्रेस गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell