PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नवराज सिलवाल बालुवाटार छिर्दा कांग्रेसको आपत्ती



पहिलोपोस्ट

नवराज सिलवाल बालुवाटार छिर्दा कांग्रेसको आपत्ती

काठमाडौं : ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित सांसद एवं पूर्व डिआइजी नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटर प्रवेश गरेको विषयलाई लिएर नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

मंगलवार कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले देउवा नेतृत्वको सरकारले कीर्ते अभियोगमा खोजी गरिरहेका व्यक्तिलाई ओली नेतृत्वको सरकारले प्रधान मन्त्री निवासमा प्रवेश गराएको भन्दै आक्रोश व्यक्त गरे। 

सांसद् नवराज सिलवाल सोमवार एमाले नेता माधवकुमार नेपाल, विष्णु पौडेल सँग प्रधानमन्त्री निवास बालुवाटरमा देखिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्ते अनुसन्धानमा गत बुधबार नै सरकारी वकिलको कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने दाबीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनु पर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो। सिलवाललाई खोजी गर्ने प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ।

सम्बन्धित समाचार

माधव नेपालसँगै बालुवाटार पुगे नवराज सिलवाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell