PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

आइ लिग : किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव घरेलु मैदानमा पराजित



पहिलोपोस्ट

आइ लिग : किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव घरेलु मैदानमा पराजित

काठमाडौं : नेपाली गोलकिपर किरण चेम्जोङको टोली मिनेर्भा पञ्जाव आइ लिगमा केरला गोकुलम एफसीसँग पराजित भएको छ।

मंगलवार मिनेर्भाको घरेलु मैदानमा भएको खेलमा गोकुलम १-० ले विजयी भएको हो।

गोकुलमलाई जिताउन खेलको ७५औँ मिनेटमा हेनरी किसेक्काले निर्णायक गोल गरे।

गोलरक्षक करणले खेलको पुरै समय मैदानमा बिताएका थिए। इन्जुरी टाइमको अन्तिम मिनेटमा किरणले अगाडी बढेर गरेको हेडर पोष्टनजिकैबाट बाहिरिएको थियो।

हारपछि मिनेर्भाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। १७ खेलबाट ३१ अंक रहेको नेरोका शीर्ष स्थानमा छ भने १५ खेलबाट २९ अंक रहेको मिनेर्भा दोस्रो स्थानमा यथावत छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell