PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रचण्डले दिए एकीकरण प्रकृया अघि बढ्नुको कारण



पहिलोपोस्ट

प्रचण्डले दिए एकीकरण प्रकृया अघि बढ्नुको कारण

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनअघि जनतासँग गरिएका प्रतिवद्धता अनुरुप पार्टी एकताको प्रक्रियामा अघि बढेको बताएका छन्। 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको लागि जनतासँग पार्टी एकता गर्ने प्रतिवद्धता गरेका थियौं। पार्टी एकताको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ। यो नेपालका लागि ऐतिहासिक दूरगामी परिघटना हो।’
 
उनले अन्तर्राष्ट्रिय स्तरमा स्थापित मान्यताका आधारमा नै महाधिवेशन सम्मका लागि दुई अध्यक्ष प्रणालीबाट नयाँ पार्टी सञ्चालन गरिने बताए।

उनले भने, ‘महाधिवेशनसम्म हामी दुवै अध्यक्ष ‘सह–अध्यक्ष’का रुपमा रहने छौँ। बैठकको अध्यक्षता भने आलोपालो गर्ने छौँ।’

पार्टी एकतालाई टुंगोमा पुर्याउने दुवै पार्टीका नेताहरुले लिएको दृढताका कारण हिजो सफलता पाएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell