PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी



पहिलोपोस्ट

अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा शंकर अधिकारी

काठमाडौं: एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मेलनले गुणस्तरिय शिक्षाको लागि कार्ययोजनाहरु तय गरेको छ। 

पाँचौ सम्मेलनबाट नयाँ नेतृत्वसमेत पाएको संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गरी गुणस्तरीय शिक्षाका लागि राज्यले समाजवादी शिक्षा नीति लिनु जनाएको छ। 

संगठनका नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले नव उदारवादी अर्थतन्त्रले शिक्षा क्षेत्रमा प्रभाव पारेको बताए। उनले शिक्षालाई विनियम गर्ने काम भएकोले शिक्षामा अराजकता र अस्तव्यस्तता छाएको बताए। 

उनले नेपालमा शिक्षा क्षेत्रमा लगानी नभएकोले अब गुणस्तरीय शिक्षाका लागि सरकारले शिक्षामा लगानी बढाउने पर्ने बताए। उनले भने, ‘शिक्षा क्षेत्रमा २० प्रतिशत लगानी पुर्याउनु पर्ने छ।’ 

राज्यले शिक्षकलाई सेवा सुविधा दिन नसक्दा शिक्षाको गुणस्तर खस्केको बताए। एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मलेनबाट १५ जना पदाधिकारी र ९५ जना केन्द्रीय समिति निर्वाचित गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell