PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौंबाट दाङ जाँदै गरेको बसमा बम प्रहार, १२ जना घाइते



रासस

काठमाडौंबाट दाङ जाँदै गरेको बसमा बम प्रहार, १२ जना घाइते

कपिलवस्तु: यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्। 

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए। 

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ। कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell