काठमाडौँ : अदालतको मानहानीको मुद्दा खेपिरहेका डा गोविन्द केसीले सर्वोच्च अदालतबाट फागुन ८ को तारिख पाएका थिए। उनी ओमप्रकाश मिश्र र डाक्टर अभिषेकराज सिंहसहित अदालत पुगे। लिखित बयान दिए। त्यसपछि लागे जिल्ला प्रशासन कार्यालय काठमाडौँतर्फ प्रधान न्यायाधीश गोपाल पराजुलीको कीर्ते नागरिकता खारेज गर्न निवेदन दिन।
डा. केसी जिल्ला प्रशासनको गेटबाट भित्र छिर्नासाथ। केही युवा नारा लगाउँदै आए। एकछिन अघिसम्म सुनसान रहेको त्यो ठाउँमा चारैतिर युवा ब्यानर बोकेर आए। प्रहरीहरुको सङ्ख्या कम थियो। किनकि, कसैलाई पूर्वानुमान थिएन, त्यहाँ त्यस्तो कार्यक्रम हुन्छ भन्ने।
कीर्तेमा कीर्तिमान पराजुली श्रीमान्; सबैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ; गोपाल पराजुलीको कीर्ते नागरिकता खारेज गर; भष्ट प्रधानन्यायाधीश चाहिँदैन, न्याय बेच्न पाइँदैन, गोपाल पराजुली राजिनामा दे - नारा चर्कँदै गयो। प्रहरीको सङ्ख्या बढ्दै गयो। निषेधित क्षेत्रमा आन्दोलन नगर्न प्रहरीले बारम्बार आग्रह गरिरहे। आन्दोलकारीहरुले प्रहरीको आवाज सुनेनन्। झनै चर्को स्वरमा नारा लगाउँदै गए। भिडलाई नियन्त्रण गर्न प्रहरीले बाध्य भएर ठेलठाल गर्न थाले। त्यति गर्दासम्म आन्दोलनकारीको स्वर कम भएन।
आन्दोलनकारी पछि नहटिकन अघि बढ्न थाले। ठेलठाल र हातपात भयो। आन्दोलनकारीलाई हातपात गर्ने प्रहरीमा माथि आन्दोलनकारी खनिए। ती प्रहरी भिडबाट फर्किन बाध्य भए। प्रहरीको करिब १० मिनेटको तानातानपछि प्रहरीले आन्दोलनकारीलाई अनामनगर प्रहरी वृत्तमा लगेको छ।
उता डा. केसीले जिल्ला प्रशासन कार्यलयमा प्रधानन्यायाधीश पराजुलीको कीर्ते नागरिकता खारेज गर्न निवेदन दिइसकेका छन्। फागुन ८ गते तारिख लिन अदालत पुगेका उनको पेशीको मिति टुंगो लागेको छैन।
सर्वोच्च अदालतले तारिख दिएसँगै डा. केसी प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। पटक-पटक निवेदन दिँदा सिडिओ कार्यालयले नागरिकता प्रतिलिपि दिएन। प्रधानन्यायाधीश पराजुलीको गृह जिल्ला तनहुँ जिल्ला प्रशासन कार्यालय डा. केसीको सहयोगी पुगे, त्यहाँबाट पनि नागरिकताको प्रतिलिपि पाएनन्।
सोही कारण केसी समर्थकहरुले आन्दोलन गर्ने निर्णय गरे। निषेधित क्षेत्रमा आन्दोलन गरेको कारण पक्राउ परे।