PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

हेटौँडा गोल्डकप : थ्री स्टार पहिलो खेल हार्‍दै बाहिरियो



पहिलोपोस्ट

हेटौँडा गोल्डकप : थ्री स्टार पहिलो खेल हार्‍दै बाहिरियो

हेटौंडा : रुस्लान थ्री स्टार क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ।

मंगलवार भएको अन्तिम क्वाटरफाइमा संकटा क्लबसँग १-० ले पराजित भएपछि थ्री स्टार पहिलो खेलबाटै बाहिरिएको छ।

हेटौंडा–१० स्थित वनविज्ञान संस्थानको खेल मैदानमा संकटाको जितमा एकमात्र निर्णायक गोल कर्ण लिम्बुले गरेका थिए। उनले खेलको ८३औं मिनेटमा गरेको गोल नै जीतका लागि निर्णायक रह्यो।

उनी खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित भए। उनले नगद ५ हजार रुपियाँ प्राप्त गरे।

संकटाका प्रशिक्षक सल्यान खड्गीले आफूहरुको रणनीति सफल भएको दाबी गरे। ‘हामीले थ्री स्टारका मिडफिल्डरलाई खुलेर खेल्न नदिने रणनीति बनाएका थियौ। सोही अनुसार खेलाडीले अन्तिम समयसम्म मेहेनत गरे। जसले गर्दा हामी जित्न सफल भयौं’, उनले आगामी खेलमा अझै सशक्त ढंगबाट मैदानमा टिम उतार्ने बताए।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफू खेलाडीको खेलबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘खेलाडीले राम्रो खेल प्रदर्शन गरे। हाम्रो नियमित टोलीको आधा दर्जनभन्दा बढी खेलाडी घाइते अवस्थामा रहेका छन्’, प्रशिक्षक केसीले खेलमा धेरै मौकाहरु प्राप्त भएपनि फिनिसिङ कमजोर हुँदा हार्न बाध्य भएको बताए।

प्रतियोगिताअन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell