PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद-२०७५ को लोगो मंगलबार सार्वजनिक गरेको छ। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच लोगो सार्वजनिक गरे।

लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ। शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी ८ वटा पातहरु आफ्नो चुच्चोमा बोको छ। शान्तिका अग्रदूत गौतम बुद्धका दुई खाँखाले सबैमा शान्ति र स्थिरताको कामना गरिएको छ भने लोगोमा राखिएको गेटले बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिनिधित्व गरेको छ। परेवाका सप्तरंगी ७ प्वाँखले संघीय नेपालको सातवटा प्रदेशलाई इंगित गरेको छ।

यसअघि नै सार्वजनिक गरिएको मस्कट (हात्तीको छावा) लाई स्पोर्टी डिजाइन गरिएको छ। लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका हुन्।

नारायण खतिवडाले रचना गरेको आठौं राष्ट्रिय खेलकुदको गीत ‘खेलाडी हौं’ पनि सार्वजनिक गरिएको छ। त्यस्तै ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ लाई आठौं राष्ट्रिय खेलकुदको नाराका रुपमा चयन गरिएको आठौं राष्ट्रिय खेलकुद सचिवालयका सचिव इन्द्र कार्कीले जानकारी गराए। आठौं राष्ट्रिय खेलकुद मंसिरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell