PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मालदिभ्समा थप ३० दिन सङ्कटकाल लम्ब्याउन संसदको अनुमति



पहिलोपोस्ट

मालदिभ्समा थप ३० दिन सङ्कटकाल लम्ब्याउन संसदको अनुमति

मालेः मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ।

यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको हो।

राष्ट्रपति यमीनले सोमबार संसदसँग सङ्कटकाल लम्ब्याउनका लागि सहमति मागेका थिए।

मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेपछि राष्ट्रिय सुरक्षामा चुनौती तथा संवैधानिक सङ्कट बढेको भन्दै गत १५ दिनदेखि सङ्कटकाल लागेको हो।

संसदमा भएको मतदानमा प्रतिपक्षी दलका विधायकले भने भाग लिएका थिएनन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell