PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डीपीएल २ अक्सन : करण, बसन्त, सागर र आरिफ बने महँगा खेलाडी



पहिलोपोस्ट

डीपीएल २ अक्सन : करण, बसन्त, सागर र आरिफ बने महँगा खेलाडी

काठमाडौं:  धनगढी प्रिमियर लिग डीपीएल २ को अक्सनमा राष्ट्रिय टिमका खेलाडीहरु करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बनेका छन्। बुधबार राजधानीको अन्नुपुर्ण होटलमा भइरहेको अक्सनमा करण, बसन्त, सागर र आरिफ म्याक्सिमम १ लाख ५० हजारमा बिक्री भएका हुन्।

करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले, सागर पुनलाई रुपन्देही च्यालेन्जर्स तथा बसन्त रेग्मीलाई विराटनगर किंग्सले खरिद गरेको हो।

करण केसीलाई सहभागी ६ वटै टिमले बिड गरेकोमा महेन्द्रनगरले खरिद गर्‍यो।

ए क्याटेगोरीमा रहेका कूल १६ मध्ये ११ खेलाडी बिके भने बाँकी ५ खेलाडी पहिलो चरणमा बिकेनन्।

मेहबुब आलम, चन्द्र साउद, सन्जम रेग्मी, राहुल विक र मन्जित श्रेष्ठ पहिलो चरणमा बिकेनन्।

क्याटेगोरी ए अन्तर्गत महेन्द्रनगरले अभिनाष कर्णलाई ८० हजारमा किनेको छ भने विराटनगर किंग्सले पृथु बास्कोटालाई १ लाख २० हजार,  काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजार, रुपन्देही च्यालेन्जर्सले जितेन्द्र मुखियालाई ९० हजार र प्रदीप ऐरीलाई ८० हजारमा किनेको छ।

यस्तै टिम चौराह धनगढीले राजेश पुलामी मगरलाई तथा सिवाईसी अत्तरियाले सुवास खकुरेललाई समान ८० हजारमा किनेको छ।

यसअघि नै सहभागी टिमले एक-एक रणनीतिक खेलाडी टिममा राखिसकेका छन्। उनीहरुलाई न्युनतम २ लाखमा टिममा राखिएको हो।

डीपिएल-२ का टिम र रणनीतिक खेलाडी घोषणा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell