PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

राजधानीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

राजधानीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंः सवारी दुर्घटनामा परी मंगलबार राति उपत्यकामा दुई जनाको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा ट्रिपरको ठक्करबाट चितवन कठार गाँउपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने ३२ वर्षीय सुष्मा लामाको मृत्यु भएको हो।

मंगलबार राति करिव ११ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएकी लामाको उपचारको क्रममा किष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो। दुर्घटना गराउने सवारीसहित चालक फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौंको तार्केश्वर नगरपालिका ११ नेपालटारमा मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको बसको चक्काले किच्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।

घाइते चालकको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोट ताँती गाँउपालिका-६ घर भइ हाल काठमाडौं काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तान रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell