PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

इन्काउन्टरमा मारिएका मनोजसँग नक्कली नागरिकता र पासपोर्ट



पहिलोपोस्ट

इन्काउन्टरमा मारिएका मनोजसँग नक्कली नागरिकता र पासपोर्ट

काठमाडौं : बुधवार बिहानै प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनसँग नक्कली राहदानी रहेको अनुसन्धानमा खुल्न आएको छ। 
आफ्नै सक्कल फोटो राखेर पुनले सुनिल कुमार रानाको नामको राहदानी प्रयोग गर्दै आएको अनुसन्धानमा देखिएको एक अनुसन्धान अधिकृतले जनाकारी दिए।

सन् २०१५ अक्टोबर २ मा नवलपरासीबाट एमआरपी पासपोर्ट जारी भएको देखिन्छ। पासपोर्टमा भने कुनै पनि देशको भिसा नलागेको एसपी श्याम ज्ञवालीले बताए। 'पासपोर्टमात्र होइन नागरिकता पनि नक्कली देखियो। अरु पनि यस्ता नक्कली पासपोर्ट भएको देखिन्छ,' उनले भने।

३२ वर्षीय पुनको साथबाट प्रहरीले हतियारसहित एक थान पासपोर्ट र एटिएम कार्ड समेत बरामद गरेको जनाएको छ। प्रहरीले बरामद गरेको एटिएम समेत नक्कली भएको खुल्न आएको हो। पुन भारतको गोवामा बसेर नेपालमा अपराधिक गतिविधि गर्दै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell