PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

संवैधानिक पदको मर्यादाका लागि अग्नि खरेलको पार्टी पदबाट राजिनामा



पहिलोपोस्ट

संवैधानिक पदको मर्यादाका लागि अग्नि खरेलको पार्टी पदबाट राजिनामा

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीबाट अग्नि खरेलले राजिनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्ति भएकाले पार्टीको पदबाट राजिनामा दिएका हुन्।

आज उनले पार्टी अध्यक्षका नाममा राजिनामा पेश गरेका हुन्। 'महान्यायाधिवक्ता पदको महत्वपूर्ण संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले हालको अवस्थामा पार्टीको जिम्मेवारीबाट राजिनामा प्रस्तुत गरेको छु,' उनले आफ्नो राजिनामामा भनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell